१४ आश्विन २०८३, बुधबार
Follow Us

महाकालीको बाढीले दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने पुल भत्कायो

नेपालब्रिटेन संवाददाता
१४ आश्विन २०८३, बुधबार ०५:१८

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरपालिकालाई जोड्ने झोलुङ्गे पुल महाकाली नदीको बाढीले भत्काएको छ। आज बिहान करिब ८ बजे आएको तीव्र बाढीका कारण पुलको एक भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको हो।

प्रत्यक्षदर्शीहरूका अनुसार नदीको बिच भागमा रहेको एउटा पिलर ढलेपछि पुलको संरचना कमजोर बनेको थियो। त्यसपछि पुलको एक खण्ड नदीमा बगेर गएको उनीहरूले बताएका छन्।

प्रहरीले दिएको जानकारीअनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट गणना गरिएको छैटौं नम्बरको पिलर तथा दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको पिलर भत्किएको छ। पुल भत्किएसँगै दोधारा चाँदनी र भीमदत्तबीचको आवतजावत प्रभावित भएको छ।

धेरै पढिएको