मुख्य समाचार
धानको कुनिउँमा आगलागी, ३५ मुरी धान जलेर नष्ट
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका –७ मा धानको कुनिउँमा आगलागी हुँदा करिब ३५ मुरी धान जलेर नष्ट भएको छ । सेती नदी किनार नजिकै रहेको प्रकाश पौडेलको खेतमा राखिएको धानको कुनिउँमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा भित्र्याउनका लागि तयारी अवस्थामा राखिएको सबै धान सोमबार नष्ट भएको वडाध्यक्ष खड्गसिंह थापाले जानकारी दिए । आगलागी कसले र कुन प्रयोजनले गराएको हो भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले बताए ।
आगलागीको कारण र घटनामा संलग्न व्यक्तिको पहिचान गर्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

