१८ बैशाख २०८१, मंगलवार
Follow Us

भ्रष्टाचारीले पनि चुनाव लड्न पाउनुपर्ने कांग्रेसको अडान कायमै

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७४, शुक्रबार १३:५६

काठमाडौं । व्यवस्थापिका–संसदको राज्यव्यवस्था समितिमा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी कानुनमा शुक्रबार पनि सहमति हुन सकेन । नेपाली कांग्रेसले भ्रष्टाचार तथा जघन्य अपराधको आरोपमा जेल सजाय भोगिसकेकाहरुले पनि चुनाव लड्न पाउनुपर्ने अडान नछोडेपछि सहमति हुन नसकेको हो ।
समितिको बैठक आगामी १९ गतेसम्मका लागि स्थगित गरिएको छ ।
निर्वाचन कानुनमै सहमति नजुट्दा आगामी मंसिर १० र २१ गतेका लागि तय गरिएको निर्वाचन नै प्रभावित हुने त होइन भन्ने आशंका जन्मिन थालेको छ ।
समितिका सदस्य एवं नेकपा एमालेका सांसद गंगालाल तुलाधरले चुनाव नगराउने षडयन्त्रको आभाष हुन थालेको बताए । निर्वाचन आयोगले छिटो कानुन दिन दलहरुलाई ताकेता गर्दै आएको छ ।