२३ बैशाख २०८१, आईतवार
Follow Us

डिआइजी सिलवालबाट राजीनामाको घोषणा

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७४, बुधबार ०६:३२

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रहरी महानिरीक्षकमा नियुक्तिमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतले उहाँले दायर गरेको रिट निवेदन खारेज भएपछि प्रेस विज्ञप्ति जारी गरी सिलवालले प्रहरी संगठनबाट अलग हुने घोषणा गर्नुभएको हो ।
आफू कानूनको रक्षकका रुपमा प्रहरीमा कार्यरत रहेको तर कानूनी र राजनीतिक निर्णयबाट आफूलाई अन्याय परेको उल्लेख गर्दै उहाँले सरकारले विश्वास नगरे पनि जनता र जवानहरु माझ आफ्नो छबी कायम भएको दाबी पनि गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘प्रहरीमाथि राजनीति गर्ने वा राजनीतिक आधारमा प्रहरी परिचालन गर्ने दृष्टिकोण रहेसम्म कानूनी राज्य स्थापित हुन सक्दैन ।’