७ बैशाख २०८१, शुक्रबार
Follow Us

चर्चा बटुल्दै गायिका स्वेच्छा ठकुरी

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०७३, शनिबार ०४:२३

काठमाडौं । बिगत तिन बर्ष देखि काठमाडौँलाइ कर्मथलो बनाएर गित संगीतलाइ आफ्नो पेशा बनाउदै आएकी नब गायिका स्वेच्छा ठकुरी अहिले नेपाली चलचित्रको पार्श्व गायनमा चर्चा बटुल्दै छिन । सानै उमेर देखि गायनमा रुचि राख्ने स्वेच्छा ठकुरी कक्षा चारमा पढ्दा देखिनै बिद्यालयमा गाउने र स्टेज कार्यक्रममा समेत गाउने गर्थिन ।

नेपाली तारा सिजन ३ को टप फाइबमा पर्न सफल तथा महिला तर्फको बिजेता बन्न सफल गायिका स्वेच्छा ठकुरीले अहिले सम्म तिन दर्जन भन्दा बेसी गीतमा आफ्नो आवाज भरि सकेकी छिन ।

यो बर्षको सुपरहिट चलचित्र प्रेमगीतको चर्चित गित मैले सोचेको जस्तै मैले खोजेको जस्तै बोलको सफल गित गाइसकेकी नब  गायिका स्वेच्छा ठकुरीको माग अहिले नेपाली चलचित्र पार्श्व गायनमा बढ्दो छ र उनि अहिले विभिन्न चलचित्रको गित गाउन पनि ब्यस्त छिन । चाडैनै आफ्नो पहिलो सोलो एल्बम नेपाली दर्शक सामु लिएर आउन लागेकी गायिका स्वेच्छाले आफ्नो एल्बममा धेरै मेहनत गरेको र दर्शक श्रोताहरुले मन पराउनेमा उनि बिस्वस्त छिन ।

भविष्यमा एक चर्चित गायिका बनेर नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन लागि परेकी गायिका स्वेच्छाले अहिलेको ठाउ सम्म धेरै मेहनत गरेको बताउछिन । आफ्नो परिवार तथा बिशेष गरि बुवाको साथ र सहयोग पाएर यो क्षेत्रमा अगाडी बढेकी उनि भैरहवा रुपन्देही देखि आफ्नो भाग्य गित संगीतमा चम्काउन राजधानी काठमाडौँ आएकी हुन ।
– सुर्य चन्द