२७ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेसको सुरु भयो अग्रता

नेपालब्रिटेन डट कम्
५ आश्विन २०७४, बिहीबार ०६:०५

काठमाडौं । प्रदेश २ को स्थानीय तहको निर्वाचन परिणाम धमाधम सार्वजनिक हुन थालेको छ । विहीबार विहानसम्म अहिलेसम्म १६ स्थानको परिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक नतिजाअनुसार कांग्रेस पाँच स्थानमा विजयी हुँदै अग्रता लिएको छ भने एमाले चार स्थानमा विजयी भएको छ । माओवादी केन्द्र, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले २–२ स्थानमा विजयी भएका छन् ।
कांग्रेसले सप्तरीको विष्णुपुर, धनुषाको औरही, जनकनन्दिनी, सिराहको नवराजपुर र सर्लाहीको धनकौल गाउँपालिकामा विजयी हासिल गरेका छन् । यस्तै एमालेले धनुषाको मुखियापटि मुसहरनिया, पर्साको पटेर्वा सुगौली, धनुषाको बाटेश्वर र सप्तरीको सप्तकोशी नगरपालिकामा विजयी भएको हो । उसले अहिलेसम्म १७ स्थानमा अग्रता लिइरहेको छ ।
माओवादी केन्द्रले सिराहको अर्नमा गाउँपालिका र कजेन्हो नगरपालिकामा जित हात पारेको छ भने फोरम लोकतान्त्रिकले रौतहटको इशनाथ नगरपालिका र सर्लाहीको विष्णु गाउँपालिका जितेको छ । संघीय समाजवादी फोरमले पनि सिराहको भगवानपुर र विष्णुपुरमा विजयी हासिल गरेको छ । राष्ट्रिय जनता पार्टीले धनुषाको हंशपुर नगरपालिका जितेको छ ।