२६ बैशाख २०८१, बुधबार
Follow Us

पाँच जनाको सनाखत

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७४, मंगलवार १०:५६

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखरआम्बोटेको निगालेमा बोलेरो दुर्घटना हुँदा मृत्यु भएका छ जनामध्ये पाँच जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक रविराज थपलियाका अनुसार मृत्यु हुनेमा महाभारत गाउँपालिका– २ का ३५ वर्षीया खेलीमाया बल, २० वर्षीया पुतलीमाया बल, २२ वर्षीया म्हेन्दोमाया जिम्बा, २७ वर्षीया मनिषा मोक्तान, १९ वर्षीया कुमारी जिम्बा र अर्का एक जना पुरुषको सनाखत हुन बाँकी छ ।
एक वर्ष आठ महिनाकी कृष्टिना मोक्तान हराइरहेको जनाइएको छ । प्रहरीले घाइते अभिषेक तामाङको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँंमा उपचारका लागि लगिएको जनाएको छ । बाँकी घाइतेको उद्धार भइरहेको छ ।