३० बैशाख २०८१, आईतवार
Follow Us

खगेन्द्र जिसीले एनआरएन उपाध्यक्षमा उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७४, शुक्रबार ०४:४०

गैरआवसीय नेपाली संघ अमेरिकाका पुर्वअध्यक्ष समेत रहेका जिसीले गतसाता न्यूयोर्कमा एक पत्रकार सम्मेलन गरि उम्मेद्धवारि घोषणा गर्नुभएको हो । संबिधानमा गैरआवसिय नेपाली नागरिकाताको व्यवस्था गराउन नेतृत्वदायी भूमीका खेलेका जिसीले एनआरएन नागरिकता सम्बन्धी एैनलाइ प्रमुख एजेन्डाको रुपमा अधि सार्नु भएको छ । आफ्नो सातबुँदे एजेन्डा सार्वजनिक गर्दै जिसीले भन्नुभयो “बर्तमान नागरिकता सम्बन्धी एैनलाइ संबिधान बमोजिम संसोधन नगरेसम्म हामीले नागरिकता पाउन सक्दैनौ ।” संबैधानीक कानूनकाज्ञाता समेत रहेका जिसी नयाँ संबिधानले गैरआवसीय नेपालीलाइ नागरिकता दिने व्यवस्था गरेपछि पनि सरकारले एैन संसोधनमा ढिलाइ गरेकोमा चिन्तित देखिए ।

“गैरआवसीय नागरिकता केवल कानूनी र प्रविधिक विषय मात्र होइन बरु समग्र एनआरएनलाइ मातृभूमीसंग जोड्ने भवनात्मक औजार हो ।” जिसीले गैरआवसीय नगरिकता र एनआरएनको संस्थागत सुधार अभियान आफ्नो महत्वपुर्ण संलग्नता भएकोले यी अभियान पुरा गर्ने एकपटक आइसीसीमा काम गर्ने मौका दिन विश्वभरका एनआरएनलाइ आग्रह गर्दै भन्नुभयो “ विषयगत दक्षता र गहन संलग्नताको हिसाबले एकपटक सेवा गर्ने मौका दिनुहोस ।”

जिसीको सातबुँदे घोषणपत्रमा बिनाम्यादको नागरिकताको निरन्तरताका लागी पहल गर्ने, टाट पल्टिएका उद्योगधन्दा एनआरएनको लगानीमा पुनःसंचालन गर्ने, रोजगारमूलक तालीम संचालन गरि स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने र लाप्राक नमुनाबस्ती तथा एनआरएन केन्द्रिय कार्यलय भवन निर्माण सम्पन्न गर्न जस्ता प्रतिबद्धताहरु समेटिएका छन् । गरिब तथा विपन्न परिवारका सदस्यलाइ निशुल्क कानूनीसेवा प्रदान गर्न काठमाण्डौँमै कार्यालय स्थापना गर्ने आफ्नो प्रतिबद्धता पनि सार्वजानिक गरेका छन् । “खर्च अभावले कानूनी उपचारको अभाव झेलेका नेपालीलाइ यो अभियानले ठुलो राहत दिनेछ ।” नेपालको विकासमा पैसामात्र होइन सीप र प्रविधिको हस्तान्तरण पनि अवश्यक शर्त हो भन्ने मान्यता बोकेका सुपरलयर जिसी एनआरएनले सिकेका सीप नेपाल लैजान विशेष पहल गर्ने बताए ।

संसाराकै सबैभन्दा ठुलो एनसीसी भएर पनि अमेरिकाले आइसीसीमा कुनै प्रभावकारि भूमीका नपाउनु एनआरएन अभियानकै लागी प्रश्न चिन्ह हुने जिसीको ठहर छ । उनले विश्वभरका प्रतिनिधिले यसपटक यो कुरा महसुस गरेकोे विश्वास व्यक्त गरे । “एनआरएन अमेरिका र विश्वभरका एनआरएन अगुवाहरुकोे सुझाव र सहयोगमा मैले उम्मेद्धवारि दिएको हुँ, मेरो जीत सुनिश्चीत देखेको छु ।”

विगत ३५ बर्षदेखी अमेरिकामा कानूनी पेशामा आवद्ध रहदै आएका जिसी अमेरिकी अदालतमा बकालत गर्ने पहिलो नेपाली हुन् । एनआरएन अमेरिकामा जिसीको कार्यकाललाइ स्वर्णिम मानिन्छ । उनी केहि सीमित व्यक्तिको सानो झुण्डले संचालन गर्दै आएको एनआरएनए अमेरिकालाइ सार्वजनिक चासो र महत्वको विषय बनाउन सफल भएका थिए । जिसीकै कार्यकालमा अमेरिकाको एनआरएन अभियानले संस्थागत आकार लिन सफल भएको मानिन्छ । केहि सयको संख्यामा रहेको एनआरएनए अमेरिका जिसीकै अगुवाइमा १० हजार ७ सय सदस्यका साथ संसारकै सवैभन्दा ठुलो एनसीसी बन्न सफल भएको थियो । उनी गत एक दशकदेखि एनआरएन अभियानमा सक्रिय छन् । उनले आइसीसीका विभिन्न कार्यदलमा महत्वपुर्ण भूमीका निर्वाह गरि सकेका छन् । एनआरएन भित्र जिसीलाइ एक बौद्धिक नेताको रुपमा चिनिन्छ ।