१८ बैशाख २०८१, मंगलवार
Follow Us

गैरआवासीय नेपालीले भोगेका समस्या समाधानमा पहल गर्नेे छः मन्त्री थापा

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०७४, सोमबार १७:४८

पोखरा, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले गैरआवासीय नेपालीले भोगेका समस्या समाधानका लागि आपूmले सक्दो पहल गर्ने बताउनुभएको छ ।

‘विश्वभरिका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान’ मूल नाराका साथ आजदेखि यहाँ शुरु भएको प्रथम विश्व कास्की सम्मेलनको उद्घाटन गर्दै उहाँले गैरआवासीय नेपालीको एक प्रतिनिधिमण्डललाई मन्त्रालयमै बोलाएर आपूmले समस्याका बारेमा छलफल गर्ने सोच बनाएको बताउनुभयो ।

मन्त्री थापाले व्यवस्थापिका–संसद्को अवधि सकिनु पाँच दिन मात्रै बाँकी रहेकाले छलफलबाट निस्केका समस्यालाई हरतरहबाट सम्बोधन गर्न प्रयत्न गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यो वर्ष कानून निर्माण र निर्वाचनको वर्ष भएको उल्लेख गर्दै उहाँले कानूनको अभावमा कुनै पनि निर्वाचन नरोकिने स्पष्ट पार्नुभयो ।

मन्त्री थापाले १६४ वर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित गरी नयाँ मुलुकी ऐन पारित गरिएको पनि जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद जीवन परियारले सकेसम्म नेपालीलाई विदेशमा जानै नपर्ने र गएकालाई पनि फर्काउने वातावरण बनाउनेतर्पm सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वस्वास्थ्यमन्त्री एवं नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्का उपाध्यक्ष खगराज अधिकारीले रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगे पनि आफ्नो मातृभूमिमा विकास निर्माणका कार्यमा सक्दो योगदान पु¥याउन आग्रह गर्नुभयो ।

कास्की आदर्श सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका संयोजक पूर्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद शारदा पौडेल, कास्की काँग्रेसका सभापति कृष्ण केसी, संस्थाका सदस्यहरुमा रमेशकुमार गुरुङ, विश्व आदर्श पण्डित, हिमाल गुरुङ, निरज थापा लगायतका वक्ताले सम्मेलनका बारेमा बोल्नुभएको थियो ।

कास्की आदर्श सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालको आयोजनामा भएको दुईदिने सो सम्मेलनमा विभिन्न २२ देशका २०० जना प्रतिनिधि र पर्यवेक्षको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजयी धावकलाई पुरस्कार प्रदान

यसैगरी मन्त्री थापाले हाप म्याराथुन दौड प्रतियोगिताका विजयी धावकलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

प्रथम विश्व कास्की सम्मेलनका अवसरमा आज यहाँ भएको २१ किलोमिटर (हाप म्याराथुन) दौड प्रतियोगिताका विजयी धावकलाई उहाँले सो पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

प्रतियोगितामा नेपाली सेनाका होमलाल श्रेष्ठ प्रथम, नेपाली सेनाकै खगेन्द्र भाट द्वितीय र भूमिराज राई तृतीय भई क्रमशः नगद रु ४० हजार, रु २० हजार र रु १० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको हो ।

त्यस्तै कुमार गुरुङ, किसान मल्ल र एक मात्र महिला मुना तामाङ सान्त्वना भई जनही रु .पाँच÷पाँच हजारका दरले नगद पुरस्कार प्राप्त गर्नुभएको छ । प्रतियोगितामा २०० धावकको सहभागिता रहेको थियो ।

यसैगरी गत साउन २४ गते राति कास्कीको माछापुच्छ«े गाउँपालिका–५ रिभानमा हुग्दी खोलामा गएको बाढीबाट विस्थापित १६ परिवारका लागि स्पेनमा रहेका नेपालीबाट संकलित रु एक लाख मन्त्री थापाले वडाध्यक्ष जुमबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभयो ।