२१ बैशाख २०८१, शुक्रबार
Follow Us

अनाथ आश्रमलाई जापानबाट सहयोग

नेपालब्रिटेन डट कम्
१० कार्तिक २०७४, शुक्रबार ०६:३०

पथरी । रोजगारीका सिलसिलामा जापानमा रहेका नेपालीले तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकम मोरङको उर्लाबारी–७ स्थित नमूना बालगृह अनाथ आश्रमलाई हस्तान्तरण गरिएको छ ।

विदेशमा रहेर पनि आफ्नो गाउँघरमा निरन्तर सहयोग गर्दै आउनुभएकी उर्लाबारी–७ घर भई हाल जापानमा कार्यरत ममता रानामगरको अगुवाइमा जापानमा नेपालीको निवासमा तिहारमा देउसी खेलेर संकलन गरिएको रु ५० हजार अनाथ आश्रमलाई हस्तान्तरण गरिएको हो ।

ममतासँगै बिन्द्र मल्ल, कञ्चन केसी, रुद्र उप्रेती र नगेन्द्र भेटवालले देउसी खेल्नुभएकोे सो रकम एक कार्यक्रमको आयोजना गरी ममताकी छोरी संगीता राना र उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले आश्रामकी अध्यक्ष मीना बराललाई हस्तान्तरण गर्नुभएको हो ।

जापानबाट समाजसेवी तेजन खड्कालाई उक्त रकम ममता र उहाँका देउसी खेल्ने साथीभाइले पठाउनुभएको थियो । विसं २०५९ मा स्थापना भएको आश्रममा हाल ४६ जना अनाथ बालबालिका आश्रित छन् ।