२१ बैशाख २०८१, शुक्रबार
Follow Us

ऐश्वर्यको चमत्कारिक प्रदर्शन

नेपालब्रिटेन डट कम्
१३ कार्तिक २०७४, सोमबार ०५:०४

कात्तिक ९ गते अर्थात्, छठ पर्वबाट देशव्यापी प्रदर्शनमा आएको वर्षको प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ले यतिबेला घरेलू बक्स अफिसमा आक्रामक कलेक्सन गरिरहेको छ । गीत र ट्रेलरले बनाएको हाइपका कारण पनि फिल्मलाई दर्शकको कमी भएको छैन । प्रदर्शनको तीन दिनमा फिल्मले करोड ग्रस कलेक्सन गरेको वितरक कम्पनी डिसिएन बताएको छ ।

फिल्म हेरिसकेका दर्शकले भिलेन प्रशान्त ताम्राकार, नव-नायिका दीपिका प्रसाई र नायिका केकी अधिकारीको गज्जबले तारिफ गरेका छन् । प्रदर्शनको दिनदेखि हल-हलमा पुगेर दर्शकसँग फिल्मका कलाकारले साक्षात्कार पनि गरिरहेका छन् । शनिवार पनि फिल्मका नायक रमेश उप्रेती, नव-नायिका दीपिका प्रसाई र खलनायक प्रशान्त ताम्राकार राजधानीका विभिन्न हलमा पुगेर दर्शकसँग सेल्फीमा रमाए । राजधानीका प्रत्येक हलमा दर्शकको घुँईचो देखिन्थ्यो ।

लामो समय अमेरिका बसाईपछि ‘ब्रासलेट’ मार्फत नेपाली रजतपटमा भित्रिएका रमेशले पहिलो पटक ‘ऐश्वर्य’मार्फत फिल्म निर्माणमा डेब्यू गरेका हुन् । दुई धनाड्य अर्थात्, रमेश उप्रेती र प्रशान्त ताम्राकारको दुश्मनीको कथा फिल्मले बोल्छ । फिल्ममा रमेशले दीपिका र केकीसँग रोमान्स गरेका छन् ।

दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी, रमेश, प्रशान्त र दीपिकासंगै बिकाश खतिवडा, अर्जुन श्रेष्ठ , निर्मल शर्मा, केशव भट्टराई , अर्जुन जंग शाही लगायतको अभिनय रहेको छ ।

फिल्मी खबरबाट ।