१५ बैशाख २०८१, शनिबार
Follow Us

बाबुले छोरी र दुई नातिनीको हत्या गरे

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७४, शनिबार ०९:०७

रोल्पा । रोल्पा नगरपालिका– ७ गोरबोट घापाका ४३ वर्षीय लीलबहादुर पुनले आफ्नो छोरीसहित दुई नातिनीको शुक्रबार राति हत्या गरेका छन् । २५ वर्षीया छोरी पेवावती केसी, दुई वर्ष तीन महिनाकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी निया केसीको बञ्चरो प्रहार गरेर लीलबहादुरले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।
छोरी पेवावतीले बिरामी बाबुलाई भेट्न तीन दिनअधि माइत आइकी थिइन् । लीलबहादुरका पत्नी तीर्था र छोरा भागेर बाच्न सफल भएको बताइएको छ । लीलबहादुर पुन मानसिक असन्तुलनसँगै केही दिनदेखि बिरामी परेका थिए । बुबा बिरामी भएको खबर थाहा पाएपछि पेवावती छोरी बोकेर बिरामी बुबा भेट्न माइत आएकी थिइन् ।
जेठी छोरीलाई पिठ्यूँमा बोकेर र कान्छी छोरीलाई काखमा राखेर चाउचाउ खाइरहेको बेलामा एक्कासि बञ्चरो प्रहार गरेर हत्या गरेको बताइएको छ । हत्या गरिएको छोरीका पति वैदेशिक रोजगारीका लागि मलेसियामा रहेको बताइएको छ । हत्या आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।