९ आश्विन २०८२, बिहीबार
Follow Us

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको निर्वाचन सम्भव छैनः प्रधानमन्त्री कार्की

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०८२, बिहीबार १३:३८

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको निर्वाचन सम्भव नभएको बताएकी छन् ।

बिहीबार देशबासीका नाममा सम्बोधन गर्दै उनले नेपालको मौजुदा शासकीय स्वरूपको पुनर्संरचना वर्तमान सरकारको कार्यक्षेत्र बाहिर रहेको स्पष्ट गरेकी हुन् ।

शासकीय स्वरूप परिवर्तनका लागि संविधान संशोधन आवश्यक रहेका उनको भनाइ थियो । त्यो काम निर्वाचनपछि बन्ने सरकारले मात्र गर्न सक्ने बताइन् ।

काठमाण्डू महानगरका मेयर बालेन्द्र साह (बालेन) र जेन–जी पुस्ताका युवाले प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन हुनुपर्ने अडान राखिरहेका बेला प्रधानमन्त्री कार्कीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको निर्वाचन हुन नसक्ने बताइन् ।

कार्कीले युवा पुस्तालाई आगामी २१ फागुनमा घोषित प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागी हुन पनि भनिन् ।

धेरै पढिएको