१५ बैशाख २०८१, शनिबार
Follow Us

हातेमालो साहित्य संगम केन्द्रको रचना वाचन कार्यक्रम सम्पन्न

sarusaru
२६ कार्तिक २०७४, आईतवार ०२:३२

पृथक उद्देश्यका साथ स्थापना भएको हातेमालो साहित्य संगमका विभिन्न जिल्लामा शाखाहरु विस्तार भइसकेका छन् । विभिन्न् शाखाहरुले विभिन्न कार्यक्रमहरु गरेर निकै सक्रियता देखाइरहेका छन् । हातेमालो केन्द्रले पनि मासिक रुपमा रचना वाचन तथा अन्य कार्यक्रमहरु गर्दै आइरहेको छ । हातेमालो केन्द्रले यसपालीको शनिबार भने पृथक कार्यक्रमको आयोजना गरेको थियो । हिजो शनिबार हातेमालोले अग्रज साहित्यकारका उत्कृष्ट रचना वाचन कार्यक्रम सम्पन्न ग¥यो । मदन पुरस्कार विजेता धृतराष्ट्रका रचयिता कवि घनश्याम कँडेल वरिष्ठ गजलकार एवम् समालोचक डा.घनश्याम परिश्रमी र साहित्यकार एवम् आवरण शिल्पी रमेश पौडेलले ः कविता,गजल र मुक्तक वाचन गरेका थिए । कार्यक्रमको सभापतित्व अध्यक्ष सुनिल अधिकारी ले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव विपिन मर्मले गरेका थिए । कार्यक्रममा बाग्लुङशाखा , वखलढुङ्गा शाखा , ललितपुर शाखा र काभ्रे शाखाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । साहित्यकारहरुले रचना वाचन गदैृ गर्दा दर्शकहरुको वावा निकै सुनिन्थ्यो । कार्यक्रममा बोल्दै संस्थाका सचिव मालिका केशरीले वर्षमा दूई –तीनवटा महत्वपूर्ण कार्यक्रम गर्ने प्रतिज्ञा गरेको पनि बताए । तीन चरणमा छुट्याइएको कार्यक्रमको अन्त्यमा रचना वाचन गर्ने साहित्यकारहरुलाई प्रमाणपत्र वितरण र चियापान कार्यक्रम रहेको थियो ।