१५ बैशाख २०८१, शनिबार
Follow Us

भारतबाट उद्धार गरी ल्याइएको गैँडाको दाँत भाँचियो

sarusaru
२६ कार्तिक २०७४, आईतवार ०२:५६

सौराहा । भारत पुगेको गैंडा उद्धार गरेर चितवन आउँदा शुक्रबार हेर्न जानेमा वन सचिवदेखि निकुञ्ज विभागका प्रमुखसम्म सौराहामा भेला भए । तर, ट्रकमा राखेर सौराहा ल्याइएको गैंडा भुइँ झर्न निकै अटेर ग¥यो । जब गैंडा ट्रकबाट झ¥यो उ उत्तेजित अवस्थामा थियो । आडैमा रहेको जेसीभी मेशिनमा टाउको लगेर ठोक्कायो । ठक्कर यति जबर्जस्त थियो कि गैंडाको एउटा दाँत नै भाँचिएर झ¥यो ।
गएको साउनको अन्तिममा आएको बाढीले बगाएर भारतसम्म पुगेका चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एकसिंगे गैंडाको उद्धार गर्ने कार्य अझै जारी नै छ । त्यस्तै एक गैंडालाई उद्धार गरेर शुक्रबार बिहान निकुञ्जको सौराहा नजिकको जंगलमा ल्याइएको थियो । बाढीमा बगेर उद्धार गरिएको यो नवौं गैंडा हो । यसअघि भारतबाट सात र नेपालबाट एक गैंडाको उद्धार गरिएको थियो ।
नवलपरासी त्रिवेणीसँग जोडिएको भारतको वाल्मीकि टाइगर रिजर्बको मदनपुर क्षेत्रमा पुगेको बयस्क पोथी गैंडालाई चितवन निकुञ्जको टोलीले बिहीबार नियन्त्रणमा लिएको थियो । नेपाली सिमानाभन्दा ३० किलोमिटर पर पुगेको सो गैंडाको बारेमा भारतीय अधिकारीहरुले नै निकुञ्जलाई जानकारी दिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।
‘भारतीय क्षेत्रमा थप दुईवटा गैंडा भेटियो भन्ने जानकारी पाएपछि यहाँबाट गएको टोलीले एउटा गैंडालाई नियन्त्रण लिएर उद्धार गरेको छ । अर्कोलाई खोज्दै छ’ प्रमुख संरक्षण अधिकृत कँडेलले भने । गएको साउन २८ मा निकुञ्ज भएर बग्ने नारायणी र राप्ती नदीमा ठूलो बाढी आएको थियो । सो बाढीमा बगेर निकुञ्जका गैंडाहरु भारतीय क्षेत्रमा पुगेका थिए ।
बाढीपछि भारतीय क्षेत्रमा गैंडा भेटिएको सूचनाको आधारमा निकुञ्जको टोली गएको साउन ३२ गते गैंडाको खोजीमा गएको थियो । टोली साउन २० गतेसम्म २१ दिन भारतीय क्षेत्रमा बस्दा आठ गैंडाको उद्धार गरेको थियो । पहिलो पटक भदौ १ गते नेपाली सिमानाभन्दा ४२ किलोमिटर पर भारतको बगाहा क्षेत्रबाट एउटा पोथी गैंडाको उद्धार गरेको थियो ।
त्यसपछि भदौ ४, ५, ६, ९, १०, १५ र १६ गते एक एक गैंडाको उद्धार भएको थियो । भदौ १० मा नेपालको त्रिवेणी क्षेत्रमा भेटिएको एउटा भाले बच्चा गैंडा बाहेक अरु सबै गैंडा भारतीय क्षेत्रबाट उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । भारतीय क्षेत्रबाट उद्धार भएका गैंडाहरु सबै बयस्क पोथी हुन् । उद्धार गरिएका गैंडा ट्रकमा राखेर ल्याइन्छ र सौराहा नजिक जंगलमा छाड्ने गरिएको छ ।
शुक्रबार बिहान उद्धार गरिएको नवौं गैंडा जंगलमा छाड्दा वन मन्त्रालयका सचिव युवकध्वज जिसी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्कालगायतका उच्च सरकारी अधिकारीहरु पनि उपस्थित थिए । एक सिंगे गैंडा विश्वमा लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । नेपालमा ६४५ वटा एकसिंगे गैंडा छन् । सबैभन्दा धेरै ६०५ वटा गैंडा चितवन निकुञ्जमा छन् ।
भारतमा र नेपालमै भए पनि असुरक्षित अवस्थामा रहेका गैंडाहरुलाई उद्धार गर्न मन्त्रालयले पूर्ण सहयोग गर्ने वन सचिव युवकध्वज जिसीले बताए । नयाँ बासस्थान र मानवबस्ती नजिक पुगेको गैंडा आक्रमक हुने र मान्छेसँग जम्काभेट भएमा आक्रमण गर्ने खतरा हुन्छ । यसका साथै तस्करको फन्दामा पर्ने डर पनि उत्तिकै हुन्छ । तस्करहरुले गैंडाको नाकमाथि हुने सिंग जस्तो वस्तु खागका लागि यसलाई मार्ने गर्छन् ।
गैंडा मार्नु कानुनी अपराध हो । गैंडा मारेमा पाँचदेखि १५ वर्षसम्म कैद वा पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । त्यसैले गैंडा देखेमा नजिकको प्रहरी कार्यालय वा निकुञ्जको पोष्ट र मध्यवर्ती उपभोक्ता समितिका कार्यालयहरुमा जानकारी दिन निकुञ्ज कार्यालयले सर्वसाधरणलाई अपिल गरेको छ ।

– चितवन पोष्टबाट ।