३१ भाद्र २०८२, मंगलवार
Follow Us

बिमानमा चरा ठोक्किएपछि

nepalbritain news
३० कार्तिक २०७४, बिहीबार १०:०१

नयाँ दिल्ली | भारतको दक्षिणी राज्य तामिल नाडूबाट १३४ जना यात्रु र सात जना चालक दलका सदस्यसहित कतारको दोहाका लागि उडेको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण गराइएको खबर छ।
तामिल नाडूको विमानस्थलबाट विमान उडेको केही समयमा नै सो विमानमा चरा ठोक्किएको थियो। चरा ठोक्किएपछि विमानलाई पुनः फर्काएर सोही विमानस्थलमा अवतरण गराइएको थियो।

सो चेन्नई दोहा इन्डिगो फ्लाइट बिहीबार बिहानी पख सवा २ बजे उडेका थियो। पछि सो विमानमा चरा ठोक्किएपछि पुनःअवतरण गराएर अर्को विमानमा यात्रुलाई राखी उडान सञ्चालन गरिएको थियो।

विहान सवा ४ बजे पुनःअर्को विमानबाट उडान भरिएको थियो। चरा ठोक्किएको सो विमानमा सामान्य दाग देखिएको छ। उक्त विमान मर्मतका लागि ग्राउण्डेड गरिएको बताइएको छ।
– टिभि अन्नपूर्णबाट ।

धेरै पढिएको