२२ आश्विन २०८२, बुधबार
Follow Us

जेनजी आन्दोलनः भाटभटेनीमा १ खर्ब, हिल्टन होटलमा ८ अर्बको क्षति

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०८२, मंगलवार २३:१५

लण्डन। गत साता भएको जेनजी आन्दोलनको क्रममा भाटभटेनी सुपर मार्केटमा अनुमानित १ खर्ब रुपैयाँको नोक्सान भएको छ।

नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले मंगलबार नेपालबाट संचालित एक पोडकास्टसँगको अन्तरवार्तामा प्रारम्भिक अनुमान अनुसार भाटभटेनीका २० वटा शाखामा मात्र १ खर्बको क्षति भएको बताएका छन्। उनले हिल्टन होटलमा भएको आगजनीबाट ८ अर्ब रुपैयाँको नोक्सान भएको जानकारी पनि दिएका छन्।

पौडेलका अनुसार संसद भवनभित्र रहेको राष्ट्र बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन चोरी भएको थियो। देशभरि भएको आन्दोलनमा करिब ३८ करोड रुपैयाँ लुटिएको तथ्यांक उनले सार्वजनिक गरे।

उनले बैंकिङ प्रणालीमा ठूलो समस्या नभएको र पेमेन्ट सिस्टमले सामान्य रूपमा काम गरिरहेको बताए। राष्ट्र बैंकमाथि हुन सक्ने आक्रमणको पूर्व सूचना पाएपछि आफू सजग रहेको उनले स्पष्ट पारे। उनले एनआरएनएमा रहेको राष्ट्र बैंकको रिसर्च डिभिजनमाथि मात्र आक्रमण भएको र भरतपुरमा एटिएम लुटिएको भए पनि नगद नभएको जानकारी दिएका छन्।

धेरै पढिएको