१५ बैशाख २०८१, शनिबार
Follow Us

यो चुनावमा कसैको बहुमत आउँदैन : डा. बाबुराम

नेपालब्रिटेन डट कम्
३ मंसिर २०७४, आईतवार १०:२६

गोरखा । नयाँशक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले अहिलेको निर्वाचनमा कसैपनि स्पष्ट बहुमत नआउने दाबी गरेका छन् । आज गोरखामा पत्रकारहरुसँग कुरा गर्दे भट्टराईले अहिले मुकलुको शासकीय स्वरुपले गर्दा कसैको पनि बहुमत आउने अबस्था नरहेको बताएका हुन । नयाँशक्तिका तर्फबाट गोरखा दुईमा उम्मेदवार रहेका भट्टराईले चुनावमा आफ्नो जीत भने सुनिश्चित रहेको बताए । विगतमा आफु अर्थमन्त्री हुदा गोरखाको बिकासका लागि ल्याईएको योजना तथा कार्यक्रम प्रधानमन्त्री हुदासम्म केहि हदसम्म पुरा भएको भन्दै उनले आफुलाई गोर्खाका जनताले विश्वास गर्ने दावि पनि गरे । अव गोरखाबाटै बिकास र समृद्धिको नयायुग सुरु हुने दावि उनको थियो ।