२० बैशाख २०८१, बिहीबार
Follow Us

फाल्गुनन्दको स्मृति कार्यक्रममा राष्ट्रपति भण्डारी आउँदै

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७४, बिहीबार १३:२४

इलाम । राष्ट्रपति विद्यादेवी भण्डारी यही मंसिर १० गते इलामको चुलाचुलीमा हुने राष्ट्रिय विभूति फाल्गुनन्दको १६ औँ स्मृति कार्यक्रमका लागि आउने कार्यक्रम तय भएको छ । चुलाचुली गाउँपालिका–१ कमलस्थित फाल्गुनन्द बहुभाषिक पाठशालाको दोस्रो वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भण्डारी आउने कार्यक्रम तय भएको नुमाङ्गेना सेवा संघका अध्यक्ष डम्बर तुम्बापोले बताउनुभयो ।

फाल्गुनन्दका अनुयायी चेला किरात धर्म संरक्षक गुरू लाफायाङ देवबहादुर तुम्बापोको ७५औँ जन्मोत्सव परेको छ । “यो अवसरमा राष्ट्रपतिलाई निमन्त्रणा गरेका हौँ, उहाँ आउने पक्का भएको छ”– अध्यक्ष तुम्बापोले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय विभूति फाल्गुन्दको स्मारक अनावरण गर्ने, समाजसेवी, दातालगायतका विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ ।

विसं २०७२ देखि शुरू गरिएको पाठशालामा अहिले ८० जना बालबालिका अध्ययनरत छन् । किरात लिपिअन्तर्गत पढाइ हुने पाठशालामा स्थानीय सबै जातजातिका बालबालिका अध्ययनरत रहेको अध्यक्ष तुम्बापो बताउनुहुन्छ ।