लन्डन– नेपाल आइडल टप फोर सागर आलेको बेलायतको पहिलो सांगीतिक शो भव्य भएको छ । अल्डरसटस्थित एम्पायर हलमा शुक्रबार साँझ भएको सागर आले साँझ( २०१७’ को पहिलो कार्यक्रम खचाखच दर्शकका बीच भव्यरुपमा सकिएको छ ।
सागरलाई उनका दाइ बिग आइकन साजन आले र लोकगायिका माया (ईन्द्र) गुरुङले साथ दिएका थिए । ३२ बक्स इन्टरटेनमेन्टको प्रस्तुतिमा शारदा गुरुङ, रुक आले, ज्योति रजाली मगर, इन्द्र आले थापा, ज्ञान गुरुङ लगायतले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् ।
दोश्रो शो २ डिसेम्बर साँझ हकिन्ज कम्युनिटी सेन्टर फोकस्टन केन्ट र तेश्रो शो लन्डनस्थित आर्क एल्भिन एकेडेमी एभिन्यू वेम्ली (पहिलेको कोपल्याण्ड स्कुल) र डिसेम्बर १७ मा लण्डनको प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमामा हुने तयारी छ । यसअघि मगरसंघ यूकेले आलेको कार्यक्रमलाई बहिस्कार गरेको समाचार बाहिर आए पछि आले विवादमा तानिएका थिए ।
फोटो: शिव भण्डारी