१९ बैशाख २०८१, बुधबार
Follow Us

समानुपातिकमा कुन अगाडि

sarusaru
२६ मंसिर २०७४, मंगलवार ०१:५५

मंगलबार बिहानसम्म समानुपातिकतर्फ २५ लाख ४७ हजार ७ सय ६७ मत गणना भएको छ।

समानुपातिकमा पनि प्रत्यक्षतर्फ धेरै सिट जितेको एमालेले अग्रता लिएको छ।

अहिलेसम्म एमालेले ९ लाख ३५ हजार २ पाएको छ।

कांग्रेसले एमालेलाई पछ्याइरहेको छ। कांग्रेसले अहिलेसम्म ८ लाख ७७ हजार ७ सय ७० मत पाएको छ।

तेस्रो स्थानमा रहेको माओवादीको मत ३ लाख ८५ हजार ३ सय छ। ६४ हजार ८६ मतसहित संघीय समाजवादी फोरम चौथो स्थानमा छ।

पहिलो पटक संसदीय चुनावमा भाग लिएको विवेकशील साझा पार्टीले ५३ हजार २८ मत पाएको छ। यो २ प्रतिशतभन्दा अलिकति बढी हो।

राप्रपा ४८ हजार ३ सय ७६ मतसहित छैठौं स्थानमा छ। उसले पाएको मत १‍.९ प्रतिशत हुन्छ।

मधेसकेन्द्रीत दल राजपाको मत ४२ हजार ४ सय ८४ छ भने नयाँ शक्तिको मत ३१ हजार ५५ छ।

समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत भोट ल्याउने दलले सांसद पठाउन सक्छन्।

– सेतोपाटीबाट ।