२२ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रियसभा निर्वाचनको मिति नतोकेकोमा एमालेको आपत्ति

नेपालब्रिटेन डट कम्
२० पुष २०७४, बिहीबार ०६:२७

काठमाडौं । संसदीय निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको एमालेले सरकारले राष्ट्रियसभा निर्वाचनको मिति नतोकेकोमा प्रधानमन्त्रीसँग आपत्ति जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा एमालेले नयाँ सरकार गठनमा बिलम्ब सिर्जना गर्न सरकारले जानी–जानी राष्ट्रियसभा निर्वाचनको मिति नतोकेको आरोप लगाएको हो ।
बालुवाटार बैठकमा एमाले नेताहरुले राष्ट्रियसभा निर्वाचन माघ २५ मा गर्ने भन्ने हल्ला सत्य हो भने त्यो ठीक नहुने बताए । राष्ट्रियसभा निर्वाचन १०–१५ दिनभित्रै गर्न सकिने दाबी एमाले नेताहरुको छ । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग छलफल गरेर तत्कालै मिति तोक्ने भन्दै यसमा बिलम्ब नगर्ने जवाफ दिनु भएको छ ।