१५ चैत्र २०८०, बिहीबार
Follow Us

डिप्रेसनको औषधि खान नमान्दा डिर्भोस !

नेपालब्रिटेन डट कम्
५ माघ २०७४, शुक्रबार १४:०८

काठमाडौं । डिप्रेसनको औषधि खान नमान्दा आफूले सम्बन्ध विच्छेद गर्नुपरेको आरोप मीना ढकालले लगाएकी छन् । ढकालले हास्य कलाकार मनोज गजुरेलसँग गत पुस ११ गते सम्बन्ध विच्छेद गरेकी थिइन् । विगत २ वर्षदेखि आफूलाई डिप्रेसनको औषधि सेवन गर्न बाध्य पारेको र अहिले सेवन गर्न नमान्दा सम्बन्ध विच्छेद गर्नुपरेको उनले बताइन ।
स्वास्थ्यमा खेलवाड भएपछि सहमतिमै दुवै पक्षले भक्तपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेद गरेको उनको भनाइ छ । नेपालमै प्रतिबन्धित औषधि डाक्टरले प्रयोग गर्न दिएर आफ्नो स्वास्थ्यमा गम्भीर खेलवाड गरेकोसमेत उनको आरोप छ । उक्त औषधिले महिनावारीका बेला अत्याधिक रक्तश्राम हुने गरेकाले माइती पक्षको भनाइ छ । माइती पक्षले डिप्रेसनलगायतको उपचारका लागि दिल्लीसमेत लैजाने तयारी गरेको उनले बताइन ।
फेसन डिजाइनमा रुचि राख्ने र एक्टिभ भएकाले गजुरेलले मीनालाई डिप्रसनको औषधि सेवन गराएको आरोप माइती पक्षको छ । मीनाले शुक्रबार मात्र बानेश्वरमा बुटिक खोलेकी छन् । उनको बुटिक पसलको उद्घाटन गायिका कोमल वली र सञ्चारकर्मी अनिता विन्दुले रिबन काटेर गरेका थिए ।