१० भाद्र २०८२, मंगलवार
Follow Us

अमेरिकाको टेक्सासमा नेपालीको हत्या

nepalbritain news
८ माघ २०७४, सोमबार ०३:४७

वाशिङटन डिसी । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन्।

टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन्। सन् २०११ मा स्थापना भएको उक्त स्टोरमा बन्द गर्ने बेलामा आएका लुटेराले मास्क लगाएर स्टोरमा प्रवेश गरेका थिए।

प्रहरीले लुटेरा समूहको खोजी कार्य जारी रहेको बताएको छ। उनी केही समयअगाडि नेपालबाट आएका थिए। दुई वर्षअगाडि टेक्सासमा नै समिरा शिवाकोटीको लुटेरा समूहले गोली हानी हत्या गरेका थिए।
– रासस

धेरै पढिएको