१६ असार २०८१, शनिबार
Follow Us

झापामा हात्तिको आतङ्क

sarusaru
१४ माघ २०७४, आईतवार ०९:४१

झापा । झापाको कचनकवल गाउँपालिकामा जंगली हात्तीले आतंक मच्याएका छन्।

कचनकवल गाउँपालिका ३ मा जंगली हात्तिले गएराति ४ वटा घर भत्काएका छन् भने घरभित्र रहेका अन्न समेत खाएको पीडितले जनाएका छन्।

गएराती जंगलबाट ७ वटा हात्तीको बथान गाउँ पसेका थिए। हात्तिले वडा सदस्य धनलाल राजवंशीको पक्कि घरको टिन उक्काएको छ भने गंगा राजवंशी, सिजुवा राजवंशी र चिरन राजवंशीको घर भत्काएको छ। त्यस्तै चिरन राजवंशीको घर भत्काउनका साथै किराना पसलमा राखिएका खाध्यान्न सामाग्री समेत नष्ट पारेको पीडितले गुनासो गरेका छन्।

केही समययता जंगली हात्तिले झापाका पथरीया, जलथल, डाँगिबारी,बालुबारी, केचना, भद्रपुरलगायतका स्थानमा आतंक मच्चाउँदै आएका छन्।