२४ बैशाख २०८१, सोमबार
Follow Us

भाषा मङ्काःखल बाग्लुङको अधिवेशन सम्पन्न; अध्यक्षमा राजभण्डारी

sarusaru
२८ माघ २०७४, आईतवार ०२:५३

नेपाल भाषा मङ्काः खल बागलुङको अध्यक्षमा मुकेशचन्द्र राजभण्डारी चयन भएका छन् । भाषा मकाः खलको शनिवार बागलुङ बजारमा सम्पन्न छैठौ जिल्ला अधिवेशनबाट राजभण्डारी सहित सबै कार्यसमितिका पदाधिकारी तथा सदस्य सर्वसम्मत चयन भएका हुन् । मङ्काः खलको उपाध्यक्षमा काजीरोशन राजभण्डारी र गगनलाल शाक्य, सचिव सुदिप राजभण्डारी, सह–सचिव सुजन श्रेष्ठ, कोषाध्यक्षमा बिदेशकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा आनन्द बिकास श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा गनदेवी श्रेष्ठ, नारायणदेवी राजभण्डारी, केशव वझा, निर्माणकुमार श्रेष्ठ, सुवासचन्द्र राजभण्डारी, राजन शाक्य, राजनकुमार श्रेष्ठ, युवराजजगं राजभण्डारी, कपुरजगं राजभण्डारी, जया राजभण्डारी, काजीगाउँले श्रेष्ठ चयन भएको निर्वाचन अधिकृत गोविन्दप्रसाद वझाले जानकारी दिए ।
अधिवेशनको ९२ बर्षिय ज्येष्ठ नागरिक कुलप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल भाषा मङ्काः खल बागलुङका संस्थापक संयोजक प्रेम छोटा, पुर्व अध्यक्ष महेशचन्द्र प्रधान, नेपाल उद्योग बाणिज्य सघंका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य सघंका कार्यवाहक अध्यक्ष युवराज राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, नेवा मिसा दबुका अध्यक्ष सोमना शाक्य, ज्ञानोदय बौद्ध बिहारका अध्यक्ष बिकास शाक्य, बिद्या मन्दिर स्कुलका अध्यक्ष सुुवासचन्द्र राजभण्डारी, कालिका भगवति गुठीका अध्यक्ष राजु खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ बागलुङले भवन निर्माणार्थ सञ्चालन गरेको ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानमा नेपाल भाषा मङ्काः खलको तर्फबाट ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । उक्त रकम कार्यक्रमका प्रमुख अतिथी ज्येष्ठ नागरिक कुलप्रसाद श्रेष्ठले महासंघका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गर्नुभएयको थियो । कार्यक्रम नेपाल भाषा मङ्काः खल बागलुङ अध्यक्ष काजिगाउँले श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष काजीरोशन राजभण्डारीको स्वागत मन्तव्य र सचिव मुकेशचन्द्र राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो
– ढोरपाटन दैनिकबाट ।