गजल
मेरो मुटु धुजाधुजा बनाएर गयौ
मलाई छोडी अर्कै हात समाएर गयौ।
तिमीबिना एकपल पनि बाँच्दिन म भन्थ्यौ
उसलाई पायौ खै किन रमाएर गयौ ।
आफुझैँ ठानेँ मैले विश्वास गरेँ तिम्लाई
रुखमा चढाई फेदबाट ढलाएर गयौ ।
जीवनभर नरुहाउने बाचा गरी किन
यी नयनमा वर्षे बाढी चलाएर गयौ ।
काफल पाकेतिरै चरी नाचेजस्तो गरी
म पीडामा हुँदा खुसी मनाएर गयौ ।
सरु पौडेल
कलङ्की ,काठमाण्डौ