२ आश्विन २०८२, बिहीबार
Follow Us

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु ;एकजना गम्भीर घाइते

nepalbritain news
२९ माघ २०७४, सोमबार ०३:०६

पूर्व–पश्चिम राजमार्गको झिलझिले सडकखण्डमा भएको सवारी दुर्घटनामा परी इलाम–३ निवासी २६ वर्षीय गंगा गुरुङको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा२ब ११६२ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको युपी ३२ जियू ४६७५ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सोही मोटरसाइकलमा पछाडि सवार इलाम फाकफोकथुम–६ निवासी १८ वर्षीय टीका गुरुङ गम्भीर घाइते भएकाले उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
– रासस

धेरै पढिएको