काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गृहमन्त्री अर्यालको राजीनामाको मागलाई अस्वीकार गर्दै काम र परिणाममा जोड दिएकी छन् । ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्रीको राजीनामा मागेलगत्तै बमले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।
उनले आफूहरू नागरिक सरकारको पक्षमा रहेको र निरन्तर खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गर्दै, ‘गृहमन्त्रीको राजीनामा चाहँदैनौँ, परिणाम र काम चाहन्छौँ’ भनेर स्पष्ट पारेकी छन् ।