१ आश्विन २०८२, बुधबार
Follow Us

असारभित्र उपत्यकामा मेलम्चीको पानी

nepalbritain news
१ फाल्गुन २०७४, मंगलवार ०२:३७

सिन्धुपाल्चोक । अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ। जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दशक लामो सपना असारभित्रै पूरा हुने देखिएको छ।

‘बाँकी दुईसय ६० मिटर खनेपछि साढे २७ किलोमिटर लामो सुरुङमार्ग ब्रेक थ्रु हुनेछ’ आयोजनाका कार्यकारी उपनिर्देशक भोजबिवक्रम थापाले भने, ‘फागुनभित्र मुहानस्थल अब्बाथान–सुन्दरीजल सुरुङमार्ग जोड्न प्रतिबद्ध छौं।’ सुरुङका तीनमध्ये दुई खण्ड ब्रेक थ्रु भैसकेका छन्। बीचको सिन्धु–ग्याल्थुम खण्ड ‘बेक थ्रु’ गर्न अहिले तीव्र गतिमा काम भइरहेको छ।
-नागरिक दैनिक

धेरै पढिएको