२७ बैशाख २०८१, बिहीबार
Follow Us

गुन्डा नाइके मनोज पुनसहित दुई प्रहरी कारबाहीमा मारिए

sarusaru
९ फाल्गुन २०७४, बुधबार ०२:३२

काठमाडौं । प्रहरीले गुन्डा नाइके भनेका मनोज पुनसहित दुई जना प्रहरी कारबाहीमा मारिएका छन् । रुपन्देहीको देवदहमा पुनसँगै सहयोगी सोम आले मारिएको प्रहरीले जनाएको छ । सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पुन नेपाल आएको थाहा पाएपछि खोजी अभियान चलाएको थियो । खोजीकै क्रममा देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट भएको र पक्राउ गर्न खोज्दा प्रहरीलाई गोली हानेपछि प्रहरीले जवाफी कारबाही गरेको बताइएको छ ।
घटनास्थलमा गोली लागेर घाइते भएका दुबै जनालाई तत्काल उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा लगिएको थियो । उनीहरुको त्यहीँ आज बिहान मृत्यु भएको हो । मनोज पुनलाई प्रहरीले खोजीको सूचीमा राखेको थियो ।