२३ बैशाख २०८१, आईतवार
Follow Us

ट्रम्पलाई चिनले दियो यस्तो चेतावनी

sarusaru
२१ फाल्गुन २०७४, सोमबार ०४:२०

बीबीसी। चीनले चेतावनी दिँदै भनेको छ– आफू अमेरिकासँग व्यापार युद्ध चाहँदैन। तर आफ्नो अर्थव्यवस्थालाई नोक्सान पुर्याइयो भने चुप लागेर पनि बस्दैन।’ स्टिल र एम्युमिनियम आयातमाथि ट्यारिफ (करारमूलक प्रणाली) को अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि उत्पन्न विवादमाथि चीनको नेशनल पीपल् कांग्रेसका प्रवक्ता झाङ येसुईले चेतावनी दिएका हुन्।

अमेरिकी राष्ट्रपतिले युरोपियन युनियनमा बनेका कारमाथि ट्यारिफ लगाउने चेतावनी पनि दिएका छन्। यसअघि ट्रम्पले भनेका थिए, ‘व्यापार युद्ध राम्रो हो।’ ट्रम्पको सो अभिव्यक्तिको अमेरिकी व्यापारिक भागिदार आईएमएफ र डब्ल्युटीओले कडा निन्दा गरेका थिए।
के चाहन्छन् ट्रम्प?

राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘हाम्रो गलत व्यापार नीतिका कारण प्रत्येक वर्ष ८०० अबर डलरको व्यापार घाटा भइरहेको छ।’ उनले सो व्यापार घाटालाई समाप्त गर्ने प्रतिबद्धतासमेत जनाएका थिए।

बिहीबार उनले भनेका थिए, ‘स्टिल आयातकालागि २५ प्रतिशत र एल्यूमिनियमकालागि १० प्रतिशत ट्यारिफको सामना गर्नुपर्छ।’
त्यसपछि शनिबार उनले युरोपियन युनियनद्वारा निर्मित कारलाई लिएर धम्की दिएका थिए। जनवरीमा उनले सोलर प्यानल र वाशिङ मिशिनमाथि पनि ट्यारिफ घोषणा गरेका थिए।

चीनका झाङ येसुई यसवे भन्छन्, ‘अमेरिकार चीनबीच केही टकराव जारी रहन्छ।’ दुवै देशबीच गत वर्ष व्यापार ५८० अबर डलरसम्म भएको थियो। तर चीनले भनेको छ, ‘ यदि आफ्नो हितमा चोट पुर्याउने काम भयो भने कडा कदम उठाइन्छ।’

उता क्यानडाले पनि ट्यारिफ कारण दुई देशबीचको सम्बन्धमा दरार आउने चेतावनी दिएको छ। प्रधानमन्त्री जस्टिन ट्रुडोले आफू र आफ्नो सरकार क्यानडाको उद्योग धन्दा रक्षा गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्। ट्रम्पको जवाफमा युरिपियन युनियन व्यापार प्रमुखले अमेरिकी निर्यातमाथि २५ प्रतिशत ट्यारिफ लगाउने विषयमा विचार गरिरहेको बताएका छन्।

अमेरिकाबाट युरोपियन युनियनले करिव ३.५ अरब डलर आयात गर्छ जसमा लिवाइस जिन्स, हार्ले डेविशन मोटर साइकल र बर्बन ह्विस्की सामेल छन्। ब्राजील, मेक्सिको र जापानले भनेका छन्, ‘यदि राष्ट्रपति ट्रम्पले आफ्नो आगामी सप्ताह योजना अगाडि बढाए भने त्यसको जवाफी कदमबारे विचार गर्नेछन्।’

केही रिपब्लिकन नेताहरुले ट्यारिफ प्रस्तावको आवश्यकतालाई लिएर प्रश्न उठाएका थिए र राष्ट्रपतिलाई त्यस विषयमा पुनर्विचार गर्न भनेका थिए। सिनेटर आरिन ह्याचले भनेका थिए, ‘अमेरिकी नागरिकले यसको क्षतिपूर्ति दिनुपर्नेहुन्छ।’

अमेरिका सयभन्दा धेरै देशबाट स्टिल आयात गर्छ र निर्यातको तुलनामा चार गुणा बढी स्टिल विदेशबाट आउँछ। २००० मा अमेरिकी स्टिल उद्योग उत्पादनमा कमी र काम गर्ने मजदरको अभावका कारण प्रभावित भएको थियो। अमेरिका युरोपियन युनियनका कारकालागि सबैभन्दा ठूलो निर्यात बजार हो। २०१६ मा २३७ अबर डलरको मोटर वाहन निर्यात गरिएको थियो।
– डिसी नेपालबाट ।