२१ बैशाख २०८१, शुक्रबार
Follow Us

जनप्रतिनिधिद्वारा पारिश्रमिक र सुविधा माग

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७४, सोमबार ०५:१३

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका जनप्रतिनिधिहरुले पारिश्रमिक र सेवा सुविधाको माग गरेका छन् । अविलम्ब पारिश्रमिक नदिइए आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
पारिश्रमिक र सेवा सुविधा लिन उनीहरुले निर्वा्चित पदाधिकारी संरक्षण समिति गठन गरेका छन् । समितिमा वडा सदस्यहरु मात्रै छन् । वडा नम्बर ६ का सदस्य रामसुन्दर मण्डलको अध्यक्षतामा उनीहरुले निर्वा्चित पदाधिकारी संरक्षण समिति गठन गरेका छन् ।
समितिकोे बैठकले स्थानीय सरकारमार्फत प्रदेश सरकारलाई पारिश्रमिक र सेवा सुविधाको माग गर्दै पत्र पठाउने निर्णय गरेको छ । माग अबिलम्ब पूरा नगरिए चरणबद्व आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका छन् ।
गत फागुन २४ गते सम्पन्न भएको प्रथम नगर सभाले पारिश्रमिकबारे निर्णय गरेको थियो । नगरपालिकाका प्रमुखलाई ३५ हजार, उपप्रमुखलाई ३० हजार, वडा अध्यक्षलाई २० हजार र सदस्यहरुलाई १५ हजार रुपैयाँ प्रतिमहिना पारिश्रमिक दिइने निर्णय गरिएको थियो ।