२३ बैशाख २०८१, आईतवार
Follow Us

माँ को अधिवेशन मे २५ र २६ तारिखमा

नेपालब्रिटेन डट कम
१६ चैत्र २०७४, शुक्रबार ००:३३

मधेसी एसोसीएसन इन अमेरीका, (माँ) को प्रथम महाधिवेशन आगामी मे २५ र २६ तारिख न्यूयोर्कमा हुने भएको छ । “मधेशी समुदायको सशक्तिकरण र संस्कृती प्रवर्धन” मुल नाराका साथ गुलशन टेरेश, उडसाइडमा हुने सो अधिवेशनका लागी ग्रेटर न्यूयोर्क च्याप्टरका अध्यक्ष मनोज सिंहको संयोजकत्वमा महाधिवेशन संयोजन समिति गठन गरिएको छ । माँ ले अधिवेशन सफल पार्न विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।
माँ नेपालको मधेशमुल भै अमेरीकामा बस्दै आएका नेपालीहरुको छाता संगठन हो । अमेरीकामा रहेका मधेशीहरुको विचमा एकता र भाइचार अभिवृदि गर्दै मधेशी र समग्र नेपालीको मौलीक पहिचान प्रर्वधन गर्ने उदेश्यका साथ गतवर्ष गठित यस संस्थाको हालसम्म क्यालीफोर्नीया, न्यूयोर्क, अष्टिन पिट्सवर्ग, डालस, वासिगंटन डिसी, शिकागो र ओहायो गरि आठवटा च्याप्टरहरु छन् । “यो अधिवेशन अमेरीकामा रहेका विभिन्न पेशा र व्यवसायमा संलग्न मधेशीहरुका विच सद्भाव, अवसर र अनुभव साट्ने थलो हुनुका साथै मधेश र सिंगो नेपालको मौलिक कला र संस्कृती प्रवर्धनको एैतिहासिक मौका समेत हुनेछ,” अध्यक्ष सुनिल शाहद्धारा जारि विज्ञप्तिमा भनिएको छ ।

अधिवेशनमा विभिन्न आर्थिक, समाजिक संस्कृतीक विषयका विज्ञहरुको प्रस्तुती रहने छ । अमेरीकाभरका प्रतिनिधिहरु सहभागीहुने सो अधिवेशनले माँ को आगामि कार्यकालका लागी नयाँ कार्यसमिति चयन गर्नेछ ।
माँ ले स्थापनाकाल देखि नै अमेरीकामा रहेका विभिन्न गैरनाफामुलक संस्थाहरुसंग समन्वय गरि समाजिक तथा संस्कृतीक गतिविधि संचालन गरिरहेको छ । यो गैरनाफामुलक संस्थाले नेपालमा गत भिषण बाढि पहिरोका पडितको सहयोगार्थ संचालन गरेको राहत कार्यक्रमको सर्वत्र प्रसंशा भएको थियो । त्यतिबेला माँ ले ठुलो परिमाणमा राहत समाग्री वितरण गर्नुका साथै उद्धारका लागी स्वयंसेवक समेत परिचालन गरेको थियोे । “मातृभुमीको लागी यथासक्य सहयोग गर्ने हाम्रो प्रमुख उदेस्य हो” अध्यक्ष शाहले भने ।