२३ बैशाख २०८१, आईतवार
Follow Us

बम विष्फोटले गाउँपालिका भवनको छाना खस्यो

नेपालब्रिटेन संवाददाता
२ बैशाख २०७५, आईतवार ०५:३२

इलाम । जिल्लाको दक्षिणी भेगस्थित चुलाचुली गाउँपालिकाको भवनमा बम विस्फोट भएको छ । अज्ञात समूहले गराएको बम विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए । उनका अनुसार विष्फोटबाट दुईतले भवनका छत भ्वाङ परेको र छानासमेत खसेको छ ।
शनिबार राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको थियो । घटनास्थलमा हेर्दा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने बताइएको छ । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।