३० बैशाख २०८१, आईतवार
Follow Us

मालिन्दो एयरको जहाजलाई दुर्घटनास्थलबाट हटाइयो,

sarusaru
७ बैशाख २०७५, शुक्रबार ०७:३४

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कोटेश्वर तर्फको रनवेभन्दा बाहिर पुगेर अड्किएको मालिन्दो एयरको जहाजलाई त्यहाँबाट निकालिएको छ । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको उक्त जहाज बिहीबार राति १० बजे रनवे बाहिर गएर धस्सिएको थियो ।

राति १० बजेर ७ मिनेटदेखि विमानस्थल बन्द हुँदा अन्तर्राष्ट्रिय उडान ठप्प भएका थिए। जहाजलाई अहिले तानेर विमानस्थलको हेलिकप्टर पार्किङस्थलमा लगेर राखिएको छ।
विमानन्थलका जीएम राजकुमार क्षेत्रीका अनुसार अब बढीमा एक घण्टा भित्र विमानस्थल पूर्ण रुपमा उडान तथा अवतरणका लागि खुला गरिने छ।

बिहान ३ हजार मिटर रनवे मध्ये विमानस्थलको आन्तरिक उडान संचालन गर्न २५ सय मिटर मात्र धावनमार्ग खुला गरिएको थियो। आन्तरिक उडानलाईएकतर्फी बिन्दु (उत्तरतर्फको बौद्धक्षेत्र) बाट उडाउन र अवतरण गराउन संचालनमा ल्याइएको थियो।
जहाजमा चालक दलका ४ सदस्य सहित १३९ यात्रु थिए। सबै यात्रु सुरक्षित रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर। जहाज धावनमार्गबाट बाहिर जाँदा एजलाईट (किनाराको बत्तिमा) क्षति पुऱ्याएको छ।

रनवे बाहिर गएको (ओभर रनवे भएको) जहाज निकाल्ने प्रयास जारी छ। याे जहाजलेटेकअफ गर्न लागेका बेला प्राविधिक समस्या अाएपछि रिजेक्टेड टेकअफगरेकाे अनुमान गरिएकाे छ।
विमान रनवे बाहिर माटोमा धस्सिएको छ। जहाज निकाल्न नेपाल एयरलाइन्सका उपकरण र नेपाली सेना परिचालित गरिएका थिए।