२९ बैशाख २०८१, शनिबार
Follow Us

ट्रिपरको ठक्करबाट एक दम्पत्तिको निधन

sarusaru
१२ बैशाख २०७५, बुधबार ०२:४४

झापा: पूर्व-पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापुर सडकखण्डमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटाको देब्रेबास-४ निवासी ४२ वर्षीय राजेश श्रेष्ठ र ३३ वर्षीया उनकी श्रीमती पुष्पा श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७छ ८०१८ नम्बरको टिपरको ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक श्रेष्ठ ससुरालीबाट श्रीमती लिएर घर फर्कंदै गरेका थिए । मृतक दम्पती झापाको पृथ्वीनगरबाट को१६प ४२०८ नम्बरको स्कुटरमा घर फर्कँदै गर्दा टिपरलाई उछिन्ने क्रममा ठक्कर दिएको हो ।

दुर्घटनामा संलग्न सवारीसाधनलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ ।
-अन्नपूर्ण पोष्ट