७ भाद्र २०८२, शनिबार
Follow Us

मोदीलाई स्वागत गर्न बनाइएको स्वागतद्वार भत्किए

nepalbritain news
२६ बैशाख २०७५, बुधबार १०:१५

काठमाण्डौ-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुरमा बनाइएको स्वागतद्वार भत्किएको छ।

बुधबार बिहान वर्षासँगै आएको हावाहुरीले जनकपुरका विभिन्न ठाउँमा बनाइएको स्वागतद्वार भत्किएको जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन घिमिरेले सेतोपाटीलाई जानकारी दिए।

‘भारतीय प्रधानमन्त्रीलाई स्वागत र नागरिक अभिनन्दन गर्न १० दिनदेखि तयारी गरेका थियौं। तर आजका हावाहुरीले सबै क्षति पुर्‍यायो,’ प्रमुख घिमिरेले भने, ‘फलामको स्वागतद्वार बनाउन पाएको भए यति धेरै क्षति हुने थिएन होला। यस्तो हावाहुरी आउँला भनेर के थाहा? बाँसको सबै स्वागतद्वार भत्कियो।’

हावाहुरीका कारण १० लाखभन्दा धेरै क्षति भएको उनले बताए।

मोदीको नागरिक अभिनन्दनका लागि निर्माण गरिएको मञ्च तथा पण्डाल पनि हावाहुरीले भत्काएको छ।

‘हावाहुरीले भत्किएको प्रवेशद्वार, सिँगारिएका ठाउँहरू पहिला जतिकै बनाउन त सक्दैनौं। तै पनि जति बनाउन सक्छौं। छिटो बनाउने तयारी भइरहेको छ,’ प्रमुख घिमिरेले भने।

आगामी २८ गते भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुँदैछ।
सेतोपाटी

धेरै पढिएको