१६ बैशाख २०८१, आईतवार
Follow Us

ग्रेटर रशमोर नेपाली कम्युनिटीले जुन ९ मा भिक्टोरिया डे मनाउने

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७५, शनिबार २१:२४

लन्डन । ग्रेटर रशमोर नेपाली कम्युनिटीले त्रैमासिक बैठक सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष जीव बेल्बासेको अध्यक्षता तथा महासचिव मान गुरुङद्वारा संचालित उक्त बैठक रशमोर ब्रो काउन्सिलको च्याम्बरमा सम्पन्न भएको थियो।

बैठकमा हालै सम्पन्न नेपाली नयाँ बर्ष कार्यक्रम र भेट्रान फण्ड संयोजक एवं बरिष्ठउपाध्यक्ष राम धन राइले र नेपाली कक्षा संचालन बिषयमा उपाध्यक्ष रन्जिता मल्लले प्रस्तुति दिएका थिए।त्यसैगरी इन्फोरमेसन डे, लागु औषध एवं मादक पदार्थ दुर्व्यसन उपाध्यक्ष नेम थापा, रशमोर ब्रो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा गरिने रशमोर फूड फेष्टिबल,भिक्टोरिया डे सेलिब्रेसन र रशमोर ब्रो काउन्सिल, बेल्याक वाटर भ्याली रनर अनि ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा गरिने १० किलोमिटर दौड र फन रन बिषयमा अध्यक्ष जीव बेलबासेले प्रष्ट्याएका थिए भने कोषाध्यक्ष टोप पल्लिले नयाँबर्षको छुट्टै र समस्त आय व्यय प्रस्तुत गरेका थिए।

अत्यन्तै सौहाद्र रुपमा सम्पन्न बैठकले भिक्टोरिया डे सेलिब्रेसन र इन्फोरमेसन डे उपाध्यक्ष नेम थापा, नेपाली कक्षा उपाध्यक्ष रन्जिता मल्ल, रशमोर फूड फेष्टिबल सदस्य दिल नेपाली, बार्षिक साधारण सभा महा सचिव मान गुरुङलाइ संयोजक तोकेको छ भने सल्लाकार क्याप्टेन हरि थापालाई रशमोर फूड फेष्टिबलको सहसंयोजक साथै भिक्टोरिया डे सेलिब्रेसन सहसंयोजकमा सदस्य चन्द्र राइलाइ तोकेको छ।

बैठकमा ८७ बर्षीय जेष्ठ नागरिक पूर्ण गुरुङ र क्याप्टेन हरि थापालाइ संस्थाको आजीवन सदस्यताको प्रमाणपत्र अध्यक्षद्वारा प्रदान गरेका थिए भने महिला विभागका नयाँ सदस्य याम कुमारी भण्डारीलाइ खादा ओढाई स्वागत गरेका थिए।

छलफलको क्रममा विभिन्न बिषयमा सल्लाहाकार क्याप्टेन हरि थापा, क्याप्टेन बिर थापा, क्याप्टेन बिष्णु श्रेष्ठ, क्याप्टेन केशर राना, माया के सी, महिला संयोजक लिला मावो,सदस्य दिल नेपाली, चन्द्र राइ लगायतले आआफ्नो जिज्ञासा र सुझाव राखेका थिए भने महासचिव मान गुरुङले प्राप्त सम्पूर्ण सुझावलाइ पूर्णतया कार्यान्वयन गरिने बचनबद्धता व्यक्त गरेका थिए।

रशमोर र सेरोफेरोमा रहेका नेपाली संस्थाहरुलाई आगामी जुन ०९ मा मनाउने भिक्टोरिया डे सेलिब्रेसनमा सहभागिताको लागि आव्हान गर्ने निर्णय गर्दै बैठकको समापन भएको थियो।