१८ बैशाख २०८१, मंगलवार
Follow Us

शान्ति नेपाली समाजको तीज कार्यक्रम

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७३, आईतवार ०५:०९

लन्डन । हिन्दु नेपाली महिलाहरूको महान पर्ब हरितालिका तिजको अवसर पारेर शान्ति नेपाली समाज वेलायतले तिजिगित कार्यक्रम सम्पन्न गरेकोछ । जेष्ठ अतिथि आमा कुन्तकला खरेल र कार्यक्रमका सभापति श्री काशी नाथ शर्माले दिप प्रज्वलन गरि उद्घाटन गरेको कार्यक्रममा तिजिगित .कविता.नाच नृत्य लाखे नाच समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा संस्थाका प्रवक्ता भुपेन्द्र पाठकको स्वागत मन्तव्य तथा सुनिता तिवाररको संचालनमा सम्पन्न भएको थियो।

करिव ४०० भन्दा बढ़ी उपस्थिति रहेको यस कार्यक्रममा नेपाली पहिरनमा सजिएका नेपाली चेलीहरुको खुलेरै नाचेको प्रस्तुतिले हल पुरै गुन्जिएको थियो भने टेक बहादुर शाहनी को संयोजकतामा समाजका अन्य सदस्यहरुको कडा परिश्रमले चेलीहरुको सम्मानमा तयार पारिएको स्वदिस्ट दरको धेरै तारिफ भएको थियो ।

कार्यक्रममा नेपालबाट वेलायतमा रहेका सन्ततिहरू लाइ भेटन र घुमफिर गर्न आउनुभएका अभिभावकहरूलाइ सम्मान गरेर सहभागिता गराइएको थियो । बिन्दु पराजुलीका बुवा आमा ठाकुर भट्टराई र श्रीमती टाकिमाया भट्टराई .धुर्ब खरेलका बुवा आमा डिलाराम खरेल र श्रीमती कुन्तकला खरेल , भुपेन्द्र पाठकका बावु आमा झपेन्द्र पाठक र श्रीमती लिलादेवी पाठक ,नेत्रराज गिरीका बुवा आमा टेक बहादुर गिरि र श्रीमती खड्क कुमारी गिरी , गोकर्ण थापाका बुवा आमा योगासन सोदास बहादुर र श्रीमती तितेरा कुमारी थापा र चिन्तामणि खरेलका बुबा आमा हेमराज खरेल र श्रीमती लिलादेबी खरेलको उपस्थिति रहेको थियो ।

यसैगरि गलकोट समाज यु.के.का उपाध्यक्ष सुरेस भण्डारी, मनकामना महिला समुहका अध्यक्ष सिता खरेल र हाम्रो नेपाली समाज यु.के.का उपाध्यक्ष श्रीमती गोमा पौडेल र गुल्मी समाजकी प्रबक्ता श्रीमती मन्जू खरेलको विशेष आतिथ्यता रहेको थियो ।
उक्तकार्यक्रममा श्रीमती गोमा पौडेलले र श्रीमती सिता खरेल शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रम पंचकन्या बाट राष्ट्रीय गान , नेपाली शहीद प्रति मौनधारण बाट सुरूभएको कार्यक्रममा स्थानीय कलाकारहरू बाट तिजिगित . नृत्य प्रस्तुत गरिएको थियो। – कलाकारमा दिप्ति सापकोटा, .सृष्टि के.सी . र दिपा न्यौपाने, विनिता थापा, निशा खत्री, खुसी गिरी, जानकी गैरे, अशोक भट्टराई, सुजु खत्री, सरिता खत्री, रंजिला सहानी, तसलिमा बस्नेत, निशान भण्डारी, इभा मैनाली कलाकाकार हरूबाट गित र नृत्य प्रस्तुत भएको थियो भने बुबा ठाकुर भट्टराई बाट कविता वाचन समेत भएको थियो। साथै अन्यकलाकारहरूले पनि आ-आफ्नो प्रतिभा प्रस्तुत गर्नु भएको थियो।

– अन्त्यमा कार्यक्रमको समापन – कार्यक्रममा उपस्थित हुने सबै अतिथि . कलाकार र आ-आफ्नो ज़िम्मेवारी पुरा गर्ने सबैलाई धन्यवाद दिदै कार्यक्रमका सभापतिबाट कार्यक्रम समापन भएको थियो।