१० भाद्र २०८२, मंगलवार
Follow Us

प्रधानमन्त्री ओली असार ५ गते चीन भ्रमणमा जाने

nepalbritain news
१७ जेष्ठ २०७५, बिहीबार ०८:१४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन लामो भ्रमणका लागि असार ५ गते उत्तरी छिमेकी चीन जाने भएका छन् । असार ५ गतेदेखि १० गतेसम्म हुने भ्रमणको तालिका मिलाएर चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल बेइजिङ प्रस्थान गरिसकेका छन् । सरकारले ओलीको चीन भ्रमण कार्यक्रमलार्इ गोप्य राखेको छ । ओलीको चीन भ्रमणको कार्यक्रमको टुंगो दुवै देशले बुधबार फाइनल गरेका हुन् ।

प्रधानमन्त्रीको चीन भ्रमणका लागि मिति पनि चीनले नै प्रस्ताव गरेको बताइएको छ। नेपाली पक्षले बुधबार भ्रमण मितिमा सहमति जनाएपछि विस्तृत कार्यक्रम पनि चीनले बुधबारै पठाइसकेको छ। चीनका लागि नेपाली राजदूत पौडेलले प्रधानमन्त्रीको भ्रमणबारेमा बुधबारै बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ खुमलटारमा भेटेर जानकारी गराएका थिए ।

धेरै पढिएको