२७ बैशाख २०८१, बिहीबार
Follow Us

वेलायत कांग्रेसको भेला शनिवार

नेपालब्रिटेन डट कम्
१५ असार २०७५, शुक्रबार २२:१९

लण्डन। वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको भेला भोलि (शनिवार) हुने भएको छ । वेलायतस्थित नेपाली समुदायको बाक्लो उपस्थिती रहने अपेक्षा गरिएको सो भेलाको तयारी पुरा भएको समितिका सभापति युवराज गुरुङले जनाए ।
भेलामा बार्बेक्यु तथा लाइभ म्युजिक पार्टी समेतको आयोजना तयारी गरिएको छ । कार्यक्रममा कलाकारहरु कल्पना श्रीपाल, दीपक लिम्बु, बिमलराज क्षेत्रीको बिषेश प्रस्तुती रहने नेपाली जनसम्पर्क समितिले जनाएको छ ।
अल्डरशटमा बिहान ११ बजे देखी सुरु हुने कार्यक्रममा वेलायतस्थित नेपाली समुदायलाई उपस्थितीको लागि नेपाली जनम्पर्क समितिले आग्रह गरेको छ ।