८ भाद्र २०८२, आईतवार
Follow Us

को बन्ला कानुनमन्त्री

nepalbritain news
९ श्रावण २०७५, बुधबार ०३:३७

काठमाडौं। कानून तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिएसँगै अब उनको स्थानमा को मन्त्री बन्ला भनेर चासो हुन थालेको छ।

विवादास्पद अभिव्यक्ति दिएको कारण सरकारबाट तामाङलाई फिर्ता बोलाएसँगै अब उनको स्थानमा नयाँ मन्त्री ल्याउने तयारी गरेको छ।

नेकपाले औपचारिक रुपमा कुनै निर्णय नगरिसकेको भएपनि नेताहरुबीच भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलमध्ये एक जनालाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको बताइएको छ।

तत्कालीन एमालेका नेता ढकाल मोरङ क्षेत्र नम्बर ३ मा संघीय संसदमा निर्वा्चित बनेका हुन् भने पोखरेल चितवन क्षेत्र नम्बर २ बाट निर्वा्चित सांसद हुन्।

यी दुई जनामध्ये एक जना कानुन तथा संसदीय मामिलामन्त्री हुने चर्चा चलेपनि नेकपाले औपचारिक निर्णय भने गरेको छैन।

स्रोतका अनुसार अब कस्लाई मन्त्री बनाउने भन्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको बताएको छ। कानुन मन्त्री तामाङले म‌गलबार राजीनामा दिएका थिए।
डिसी नेपाल

धेरै पढिएको