२६ बैशाख २०८१, बुधबार
Follow Us

रसुवामा पहिरो, ४ को मृत्यु, ११ सम्पर्कविहीन

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०७५, बिहीबार ०४:५४

धुन्चे । पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाको मृत्यु भएको छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् । पहिरोले गोसाइँकुण्ड गाउँपालिकाको टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा होटल पुरिँदा अहिलेसम्म ४ जनाको मृत्य् भएको र ११ जना सम्पर्कविहिन भएको जानकारी दिनु भयो ।

पहिरोमा परी मृत्यु भएका र हराइरहेकाहरूको पहिचना खुलेको छैन । बजार क्षेत्र भएकाले स्थानीयका अलावा यात्रु, यातायात व्यवसायीको मृत्यु भएको हनुसक्ने प्रजिअ पौडेलको अनुमान छ । पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनु भयो ।

अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न केही कठिनाइ भएको छ । टिमुरे चीनसँगको उत्तरी नाका रसुवागढी नजिकैको बजार हो । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ ।