८ भाद्र २०८२, आईतवार
Follow Us

काभ्राेमा बस दुर्घटना, २८ घाइते

nepalbritain news
१० श्रावण २०७५, बिहीबार ०७:५६

बनेपा। बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन्।

भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खस्दा २८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।

खड्काका अनुसार घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते लक्ष्मी तामाङका अनुसार गाडी पहिला नै सडकमा पल्टिन लागेको र पछि नरोकिकन उतापट्टि लगेर तल खसेपछि पल्टेको बताए।
रासस

धेरै पढिएको