काठमाडौं । दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गर्नुको ५ कारण खुलाएको छ । समितिका सदस्य योगेश भट्टराईले जोशीलाई अस्वीकृत गर्नुको कारणहरु खुलाएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको बहिस्कारका बीच समितिले जोशीको नाम अस्वीकृत गरेको थियो । १५ सदस्यीय समितिमा जोशीको विपक्षीमा १० मत परेको थियो, जुन प्रस्तावित नाम अस्वीकार गर्न चाहिने दुई तिहाई हो ।
हेर्नुहोस् के-के छन् कारणहरु :
१. प्रधानन्यायाधी नियुक्त भए कस्तो हिसावमा जिम्मेवारी निर्वाह गर्ने भनेर सोधिएको प्रश्नमा उहाँले ठोस कार्ययोजना पेश गर्न नसकेको ।
२. सुनुवाईको क्रममा आम नागरिकबाट उहाँको बारेमा सार्वजनिक रुपमा र समितिमा उजुरीका रुपमा पेश गरेका र समितिका माननिय सदस्यहरुबाट उहाँको आचरण, इमान्दारीता र कार्यक्षमताका सम्बन्धमा राखिएका कुनै पनि जिज्ञासा र प्रश्नको सन्तोषजनक रुपमा उहाँले जवाफ दिन नसकेको ।
३. शैक्षिण प्रमाणपत्र सन्देहात्मक रहेको र जन्ममिति समेत फरक फरक रहेको । यसबारे जोशीले यथेस्ट प्रमाण पेश गर्न नसकेको ।
४. निजको सार्वजनिक आचरण र विगतको कारबाही सम्बन्धमा पूर्व न्यायधीश र न्यायधीशहरुबाट नै लिखित रुपमा टिप्पणी गरेको पाइएको र सर्वोच्च अदालतमा रहेर कार्यसम्पादन गर्दा नेपालको न्यायप्रणालीलाई योगदान दिन सक्ने काम गरेको दृष्टान्त पेश गर्न नसकेको ।