२४ बैशाख २०८१, सोमबार
Follow Us

महिला हिंसाविरुद्ध विरोध प्रदर्शन

sarusaru
२३ श्रावण २०७५, बुधबार ०२:४२

काठमाडौँ – राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले मुलुकमा शान्तिसुरक्षाको माग गर्दै मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

पछिल्लो समय महिला र बालबालिकामाथि शृङ्खलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेकाले दोषीलाई अविलम्ब कारवाही गर्न संगठनले सरकारसंग आग्रह गरेको छ ।

सो अवसरमा संगठनका अध्यक्ष तथा पूर्वराज्यमन्त्री कुन्तिकुमारी शाहीले केही समययता देशका विभिन्न स्थानमा महिलामाथि बलात्कार, हत्या र नारी अस्मितामाथि निरन्तर प्रहार भइरहेकोमा चिन्ता व्यक्त गर्दै हालै कञ्चनपुरमा बालिकाको बलात्कारपछि भएको हत्या तथा भक्तपुरमा बालकको अपहरणपछि भएको हत्याको घटनाले देशको शान्तिसुरक्षामा कमजोरी देखिएकाले यसप्रति संवेदनशील हुन प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता रोशन कार्कीले बलात्कारीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिदैं महिला र बालबालिकामाथि भइरहेको हत्या, हिंसा र बलात्कारका घटना तत्काल रोक्न माग गर्नुभयो ।

संगठनकी महासचिव सरस्वती केसीले महिलामाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
रासस