८ भाद्र २०८२, आईतवार
Follow Us

काँग्रेस नेता राणाको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

nepalbritain news
२७ श्रावण २०७५, आईतवार ०२:२३

काठमाडौँ । नेपाली काँग्रेसका नेता भरत शम्शेर राणाको शनिबार भारतको कोलकोतामा निधन भएको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं राजनीतिक परिवर्तनका वाहक राणाको निधनले मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन्।

सभापति देउवाले लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व राणाले पुर्याएको योगदान इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन्।

सभापति देउवाले स्व राणाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
डिसी नेपाल

धेरै पढिएको