८ भाद्र २०८२, आईतवार
Follow Us

वडा कार्यालयलाई जग्गादान

nepalbritain news
२७ श्रावण २०७५, आईतवार ०५:४३

दमक – झापाको गौरादह नगरपालिका– ७ को वडा कार्यालय भवन निर्माणका लागि त्यहाँका एक दाताले सात कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् । बैगुनधुरास्थित वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय रामबहादुर पौडेलले करीब रु ७० लाख मूल्य पर्ने सात कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।

हालको वडा कार्यालय साविक बैगुन्धुरा गाविसको कार्यालयमा सञ्चालन हँुदै आएको छ । अमर मावि बैगुन्धुराको जग्गामा भवन बनाएर कार्यालय सञ्चालन गर्दै आएको साविक बैगुन्धुरा गाविस र हालको वडा कार्यालयको आफ्नै जग्गा नभएकाले भवन निर्माण गर्न समस्या भएको थियो ।

हालको वडा कार्यालय भवन भएको ठाउँबाट करीब पाँच सय मिटर दक्षिण सोही सडकमा जग्गा प्राप्त भएकाले यसै आर्थिक वर्षभित्रमा भवन निर्माणकार्य शुरु गरिने वडाध्यक्ष सीताराम भट्टराईले जानकारी दिनुभयो । गौरादह नगरपालिकाले वडा कार्यालय भवन निर्माणका लागि रु १० लाख विनियोजन गरे पनि रकम अपुग हुने भएकाले प्रदेश तथा केन्द्रीय सरकारसँग आवश्यक समन्वय गरी भवनको काम सम्पन्न गरिने वडाध्यक्ष भट्टराईले बताउनुभयो ।
रासस

धेरै पढिएको