१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कलङ्कीको अण्डरपास सञ्चालनमा

sarusaru
२ भाद्र २०७५, शनिबार ०३:१५

सरु पौडेल ,काठमाण्डौ – साउन पहिलो सातामा सञ्चालनमा आउने भनिएको कलङ्की – कोटेश्वर अण्डरपास भाद्र १ गते देखि सञ्चालनमा आएको छ ।अण्डरपास सञ्चालनमा आएसँगै उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ । चार लेनको अण्डरपासमध्ये दुई लेन खुला गरिएको छ । दुई लेनमा निर्माण सामग्री राखिएकाले पञ्छाउन एक महिना लाग्छ, एक महिनापछि अण्डरपास चार लेनमै चल्छ, अण्डरपासमा सवारी चालकलाई बानी पार्न एक हप्ता लाग्ने विश्वास गरिएको छ । चीन सरकारको आर्थिक सहयोगमा कोटेश्वर–कलङ्की सडक विस्तारअन्तर्गत अण्डरपास निर्माण भएको हो । साउन पहिलो सातामै खोल्ने भनिए पनि निर्माण सम्पन्न नभएकाले अण्डरपास खोल्न समय लागेको थियो ।

अण्डरपास सञ्चालनमा ल्याउँदा सडक विभागले कुनै औपचारिक कार्यक्रम भने गरेन ।